क्यानडा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने गुरुङविरुद्ध मुद्दा दायर



काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडामा पठाइन्छिु भनी ठगी गर्ने सदीक्षा गुरुङविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेको छ ।

कास्की माछापुच्छ«े वडा नम्बर १ का ३१ वर्षीय सदीक्षा गुरुङले कुमार गुरुङलाई क्यानडा पठाइदिन्छु भनी ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठगी गरेकोमा मुद्धा दायर गरिएको हो ।

प्रतिवादी गुरुङले आकर्षक सेवा सुविधाको प्रलोभन देखाई वैदेशिक रोजगार ऐन विपरित क्यानडा पठाइदिने भनी ४१ लाखभन्दा बढी ठगी गरेको विभागको भनाइ छ ।

वैदेशिक रोजगार विभाग बुद्धनगरबाट अनुसन्धान हुँदा गत चैतमा अभियुक्त सदीक्षा गुरुङलाई पक्राउ गरिएको थियो ।

अनुसन्धानको क्रममा पक्राउ परेका सदीक्षा गुरुङ र निजकै आमा वर्ष ६२ खिनसोभा गुरुङ उपर वैदेशिक रोजगार ठगी गरेको विगो ४१ लाख ४२ हजार ५ सय र सोको हर्जना २० लाख ९१ हजार २५० सहित ६२ लाख ७३ हजार ७५० मागदाबी लिई न्यायाधिकरणमा मुद्धा दायर गरेको वैदेशिक रोजगार विभागका शेष नारायण पौडेलले बताए ।


क्लिकमान्डु