नियामक निकायमा सेयर बजारबारे ज्ञानको अभाव छ: पूर्वअर्थसचिव अधिकारी



काठमाडौं । पूर्वअर्थसचिव शंकर अधिकारीले नियामक निकायमा सेयर बजारबारे ज्ञानको अभाव रहेको बताएका छन् ।

उनले राज्यले पुँजीबजार सम्बन्धी लिएको नीति नै गलत भएको बताए । उनले केन्द्रीय बैंकले मार्जिन लेन्डिङ सम्बन्धी लिएको ४÷१२ को नीति गलत समयमा र हचुवाको भरमा आएको बताए ।

उनले नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाल्नु गलत भएको समेत बताए ।

उनले बजार विकास हुन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने समेत बताए । नियामक निकायको नीतिकै कारण सेयर बजार ओरालो लागेको उनको भनाइ छ ।


क्लिकमान्डु