प्रभु लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, स्वीकृतिका लागि बीमा समिति पठाईयो



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईंलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार बीमा समितिले स्वीकृति दिएपश्चात मात्रै प्रसाईंले प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्ने छन् ।

यस अघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिएका थिए ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलले कार्यकाल नसकिँदै फागुनमा राजीनामा दिएका थिए ।

पौडेलले राजीनामा दिए पछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीईओ विहीन थियो ।

नेपाल लाइफको सीईंओ पदबाट राजीनामा दिएका प्रसाईंलाई प्रुभ लाइफले फागुन महिनामा नै सल्लाहाकारका रूपमा नियुक्त गरेको थियो ।

प्रसाईंले २०७७ माघ २७ गतेदेखि नेपाल लाइफको सीईओ पदको जिम्मेवारी पाएका थिए । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं ७ महिनामै नेपाल लाइफबाट बाहिरिएका हुन् ।


क्लिकमान्डु