सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १०% छुट



काठमाडौं । आन्तरिक र विदेशी पर्यटकका लागि पोखरा लेकसाइड सेदीदेखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकार सुरु भएको छ । केबलकार सुरु भएपछि सन्राइज बैंकले ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा सन्राइज बैंकको के्र्रडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।


क्लिकमान्डु