जेठ ७ गते नबिल बैंकले बोलायो विशेष साधारणसभा



काठमाडौं । नबिल बैंकले जेठ ७ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । त्यसका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ ।

एक दिन मात्रै बुक क्लोज हुने कम्पनीले जनाएको छ । वैशाख २९ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्न लागेको छ । विशेष सभामा बंगलादेश बैंकलार्इ गर्न लागेको एक्विजिसनको एजेन्डा पेश गरेर अनुमोदन गर्ने बताइएको छ ।

नबिल र बंगलादेश बैंकले पुस २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । एक्विजिसन गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक पनि सहमति पाइसकेको छ ।


क्लिकमान्डु