एक सातामा १ अर्ब मात्रै निक्षेप संकलन, ३ अर्ब कर्जा लगानी



काठमाडौं । वाणिज्य बैंकमा एक सातामा १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन भएको छ ।

बैंकर्स संघका अनुसार एक साताको अवधिमा बैंकिङ प्रणालीमा जम्मा १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ भएको छ ।

संकका अनुसार बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक साताको अवधिमा १ अर्ब रुपैयाँ थपिएर १६ गतेसम्म आइपुग्दा निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । वैशाख ९ गतेसम्म बैंकबाट ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

संघका अुनसार वैशाख १६ गतेसम्म बैंकको कर्जा-निक्षेप अनुपात (सीडी) रेसियो ९०.९९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु