एनएमबि बैंकका ग्राहकले योयो जिपलाइनमा छटु पाउने



काठमाडौं । एनएमबि बैंकका ग्राहकले योयो जिपलाइनमा सेवा लिँदा छुट पाउने भएका छन् । यसका लागि बैंक र कम्पनीबीच सम्झौता भएको छ ।

कम्पनी अन्तर्गत उपलब्ध स्काइ साइक्लिङ, जिपलाइन, स्वीङ, क्यानोपी र रेष्टुराँ एण्ड कफी शपमा सेवा लिँदा छुट पाइनेछ ।

बैंकका ग्राहकहरुले भिजा कार्डबाट भुक्तानी गर्दा विदाको दिन बाहेक १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र कम्पनीका तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु