मुक्तिनाथको सीइओमा पोखरेलको कार्यकाल ४ वर्षको लागि थप



काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्युम्न पोखरेलको कार्यकाल ४ वर्षको लागि थप भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई अर्को कार्यकाल सीइओ बनाउने निर्णय गरेको हो । पोखरेल ४ वर्ष अगाडि मुक्तिानमा सीइओ भएका थिए । उनको पहिलो कार्यकाल बैशाख मसान्तमा सकिन लागेको थियो ।

नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका पोखरेलले मुक्तिनाथ विकास बैंकमा आउनु अगाडि मेगा बैंकमा थिए । पोखरेल विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैकर्स एशोसियनका अध्यक्ष हुन् ।


क्लिकमान्डु