अर्थतन्त्र पुनरुत्थानतर्फ जाँदा दबाब बढेको छः उप्रेती



काठमाडौं । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले कोरोना महामारीपछि अर्थतन्त्र पुनरुत्थानतर्फ जाँदा दबाब पनि बढेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालीको अर्थतन्त्रको अबको बाटो कार्यक्रममा बोल्दै उनले अहिले आर्थिक क्षेत्र दबाब हुँदा पनि चलायमान भएको बताए ।

उनले कोरोनापछि ९९ प्रतिशत उद्योग चलायमान बनेको बताए । साथै, कोरोनाका कारण सबैभन्दा प्रभावितमध्येको पर्यटन क्षेत्र पनि चलायमान भइरहेको उनको भनाइ छ ।

उनले गत सेप्टेम्बरमा आएको बेमौसमी बाढीले आर्थिक वृद्धिमा असर पारेको बताए ।

उप्रेतीले बैंकबाट निजी क्षेत्रमा बढी कर्जा प्रवाह भएको भन्दै तत्काल चिन्ता गर्ने अवस्था भने नभएको बताए ।

‘अहिले उपभोग्य वस्तुमा ३५ प्र्रतिशत आयात भएको छ भने गत वर्ष यो ३६ प्रतिशतमा थियो, ’ उनले भने, ‘तर एकैपटक धेरै आयात हुँदा विदेशी विनिमय सञ्चितिमा दबाब भने बढेको छ ।

उनले वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि शुरुमा रेमिट्यान्स नबढे पनि अहिले त्यसमा केही सुधार आएको बताए । साथै रुस र युक्रेनबीचको युद्धका कारण नेपालमा केही समय समस्या पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु