महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरित



काठमाडौं । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुत्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ज्यू र झापा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उक्त शाखाको उद्घाटन गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारेमा जानकारी गराए ।
शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक श्री भरत प्रसाद खतिवडाले जनाउनु भएको छ ।


क्लिकमान्डु