कुमारी बैंकले चुमनुब्री गाउँपालिकामा पुगेर वितरण गर्यो बृद्धभत्ता



काठमाडौं । कुमारी बैंकले गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याएको छ ।

उक्त क्षेत्रमा रहेका ७० वर्षभन्दा माथिका वृद्ध-वृद्धालाई बैंकले गाँउमै पुगेर वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता दिएको छ ।

बैंकले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु¥याउने कार्य सम्पन्न गरेको हो । बैंकका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको टोलीले उक्त भत्ता वितरण गरेको हो ।

गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा श्री रोहित सिंहले आफ्ना ग्राहकहरूका लागि चौर्तर्फी रूपमा सेवा–सुविधा पुगोस् भनीे उक्त सहयोग गरेको बताए । आगामी दिनमा पनि बैंकले यस्तो सहयोग गर्ने जनाएको छ ।

बैंकले १९७ शाखा, १७७ एटिएम, ४२ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु