ललितपुरका मेयर उम्मेदवार ब्यञ्जनकारले अघि सारे विकासका ५ स्तम्भ



काठमाडौं । नेकपा एमालेका तर्फबाट ललितपुर महानगरका मेयर पदका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले विकासका पाँच स्तम्भ अघि सारेका छन् ।

उनले किफायती, समावेशी, प्रकोप प्रतिरोधी, दिगोपन, समृद्धिको नीति अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उम्मेदवार ब्यञ्जनकारले महानगरका सडक हरेक दिन ६ बजेभन्दा अघि सफाइ गर्ने, अस्पतालजन्य फोहोरका लागि अटोक्लेभसहितको व्यवस्था गरिने उल्लेख छ ।

साथै, जनप्रतिनिधिले कार्यकाल शुरु गर्दा नै हरेक वर्षको साउन महिनाभित्र तथा कार्यकाल सकिनु एक महिनाअघि सबै प्रतिनिधिको आ–आफ्नो तथा परिवारको सम्पत्ति विवरण सार्वजनिक गरिने उल्लेख छ ।


क्लिकमान्डु