वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुलाई पासपोर्ट नवीकरण गर्दा छुट दिनुपर्छः चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेलाई पासपोर्ट नवीकरण गर्दा छुट दिने नीति लिनुपर्ने बताएका छन् ।

सोमबार महासंघले आगामी आर्थिक वर्षको पूर्वबजेट छलफल कार्यक्रममा आइएमईका अध्यक्ष समेत रहेका ढकालले यस्तो बताएका हुन् ।

‘वैधानिकरुपमा रेमिट्यान्स पठाउनेलाई पासपोर्ट नवीकरण गर्दा छुट दिने र वैधानिक रुपमा नपठाउनेलाई नवीकरणमा छुट नदिने नीति लिनुपर्छ,’ उनले भने ।

बजेटमै यस्तो व्यवस्था गर्ने हो भने वैधानिक च्यानलबाट आउने रेमिट्यान्स बढ्ने उनको तर्क छ । कार्यक्रममा ढकालले आगामी बजेटमा उत्पादन बढाउने क्षेत्र, उद्योगधन्दालाई प्राथमिकतामा राख्न सुझाव दिए ।


क्लिकमान्डु