रेमिट्यान्स पठाउनेलाई आइपीओमा आरक्षण र करमा छुट दिनुपर्छः मैनाली



काठमाडौ । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले रेमिट्यान्स पठाउनेहरुलाई दोस्रो बजारमा सेयर कारोबार गर्दा करमा छुट दिनुपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले बजेटपूर्वको छलफल कार्यक्रममा वैधानिक च्यानलमार्फत् रेमिट्यान्स बढाउन लागि आइपीओमा आरक्षण समेत दिनुपर्ने उनले बताए ।

‘आइपीओमा आरक्षण र पुँजीगत लाभकरमा केही छुटको व्यवस्था गर्ने हो भने रेमिट्यान्स बढाउन सकिन्छ,’ उनले भने ।

उनले गैरआवासीय नेपालीलाई सेयर बजारमा प्रत्यक्ष लगानी गर्ने व्यवस्था बजेटमै मिलाउन समेत सुझाव दिए । साथै ब्रोकर कम्पनी, मर्चेन्ट बैकर्स र स्टक एक्सचेञ्जमा पनि वैदेशिक लगानी ल्याउनुपर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु