ब्रिटिस कलेजको ब्यापार ३४ करोड, १ अर्ब ७० करोड लागतमा भवन बनाउने



काठमाडौं । नेपालमा नै विदेशी विश्वविद्यालयको पढाई हुने दि ब्रिटिस कलेजले ३४ करोडको व्यापार गरेको छ । कलेजले सन् २०२१ मा ३४ करोड २७ लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२० मा कलेजको व्यापार ३१ करोड ७८ लाख थियो भने सन् २०१९ मा २८ करोड ९५ लाख थियो ।

बेलायत बस्ने गैर आवासीय नेपाली व्यवसायी कंडेल परिवारले दि ब्रिटिस कलेज खोलेको हो । कलेजले बेलायतका दुई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर त्यसको कोर्स नेपालमा नै पढाउने गर्छ ।

बेलायत बस्ने गैर आवासीय नेपाली व्यवसायी कंडेल परिवारले दि ब्रिटिस कलेज खोलेको हो । कलेजको स्वामित्व कंडेल परिवारमा छ । कलेजको अध्यक्ष उपेन्द्र शर्माको नाममा ७ प्रतिशत स्वामित्व छ ।

यस्तै उनका छोरा राजेन्द्र कंडेलको स्वामित्वमा ४९ प्रतिशत र अर्का छोरा महेन्द्रराज कंडेलको स्वामित्वमा ४४ प्रतिशत स्वामित्व छ । कंडेल परिवारले बेलायतमा समेत कलेज सञ्चालन गर्छ ।

कलेजले १ अर्ब ७० करोड रुपैयाँ खर्च गरेर आफ्नै भवन बनाउने भएको छ । यसको लागि कलेजले गतवर्ष जग्गा लिइसकेको जनाएको छ ।

कलेजले ६० करोड ५० लाख रुपैयाँ ऋणको लागि रेटिङ कलेजले रेटिङ गराएको छ । कलेजले ६० करोड रुपैयाँ दीर्घकालिन तथा ६० लाख रुपैयाँ अल्पकालिन ऋण लिन लागेको छ ।

इक्रा नेपालले दीर्घकालिन ऋणलाई ‘ए’ रेटिङ दिएको छ । अल्पकालिनको लागि ‘बी’दिएको छ । इक्राले पछिल्लो समय नेपालमा विदेशी विश्वविद्यालयको अनुमति लिएर पढाइ हुने कलेजको संख्या बढ्दै गएकोलाई चुनौतीको रुपमा रहने जनाएको छ ।


क्लिकमान्डु