प्रणालिमा एकै दिन थपियो ७ अर्ब निक्षेप, सीडी रेसियो ९०.७७%



काठमाडौं । वाणिज्य बैंकमा एकै दिन निक्षेप संकलन ७ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एकै दिन बैंकमा ७ अर्ब रुपैयाँ निक्षेप बढेको हाे । वैशाख १२ गते वाणिज्य बैंकमा ४३ खर्ब ५२ अर्ब निक्षेप रहेकोमा १३ गते निक्षेप बढेर ४३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै कर्जा प्रवाह भने यो अवधिमा स्थिर रहेको छ । कर्जा प्रवाह ४१ खर्ब ९१ अर्बमा नै सिमित बनेको छ ।

राष्ट्र बैंकको अनुसार बैंकको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो मंगलबारसम्म आइपुग्दा ९०.७७ प्रतिशत रहेको थियो । सोमबार भने ९०.९२ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु