स्थापितको रक्षा गर्दै ओलीले भने: चुनाव आएपछि के मिटु ?



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताए ।
एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए ।

अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको कुरा दोहराए ।

कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताए ।

उनु भयो । उनले कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप लगाए ।

‘ कांग्रेसको घोषणापत्र भनेको कुनै राजनीतिक दस्ताबेज नै होइन, लद्दु विद्यार्थीले जाँचमा चोरेजस्तो उतार गरेको छ । कहाँ उठाउँछ के उठाउँछ अहिले त केही पनि थाहा हुँदैन, कतै एस कतै नो । कतै एस पार्टी उठाउँछ कतै नो पार्टी उठाउँछ । कहिले केमा भोट हाल्छ कहिले केमा । काँग्रेसको घोषणापत्र लिएर कुनै राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएका छन् । न नयाँ पुस्ता न पुरानो पुस्ता । न योगदान न नयाँ संकल्प । न नयाँ उत्साह,’ओलीले भने ।

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिए ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताए ।

जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने बताए ।

नेपाली काँग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती छोरी उठाएको बताए ।

‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन । निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो । त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले छानबिन गर्न नदिने अगुवाइ ग र्‍यो । उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने । नेपाली काँग्रेसको सरकार छ, गृहमन्त्रालय सम्हालेको छ, काँग्रेसकै गृहमन्त्री हुनुहुन्छ । ९/ १० महिना कानमा तेल हालेर बस्नुभयो । आज के गर्दै हुनुहुन्छ ? छानबिन गर्नुस् न अहिले । किन गर्नुहुन्न । अहिले हामी छानबिन गर्न दिन्छौ । त्यतिबेला दिएको थिएन,’ उनले भने ।

अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देशको लागि कष्ट भएको बताए ।


क्लिकमान्डु