चौधरी ग्रुपको टेलिकम कम्पनी २२ औं वर्षमा



काठमाडौं । चौधरी ग्रुपले सञ्चालन गरेको टेलिकम कम्पनी मोल्डसेल २२ औं वर्षमा प्रवेश गरेको छ ।

युरोपियन देश मोल्दोभामा रहेको मोल्डसेलले २२ औं वर्षमा प्रवेश गरेको भन्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक (एमडी) निर्वाण चौधरीले ट्वीट गरेका छन् ।

नेपालमा सिजी टेलिकम सञ्चालन गर्न अनुमतिपत्र नपाएपछि चौधरी ग्रुपले युरोपको टेलिकम कम्पनी खरिद गरेको थियो ।

चौधरीले युरोपियन देश मोल्दोभामा टेलियाको स्वामित्वमा रहेको मोबाइल कम्पनी मोल्डसेल ३ करोड १५ लाख डलरमा खरिद गरेको थियो ।


क्लिकमान्डु