काठमाडौंको समस्या समाधान सिर्जना सिंहले जितेमात्र पुरा हुन्छः कांग्रेस महामन्त्री थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गरेकी छन् ।

बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताए ।

जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महिलालाई मेयरमा उठाएको दाबी गरे ।

महामन्त्री थापाले कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए ।

‘ साथीहरुलाई म आग्रह गर्न चाहन्छु मैले व्यक्तिका हिसावले, राजनीतिकर्मीका हिसावले उहाँसँग मेरो कुनै गुनासो रहेन । तर मेयरको रुपमा हामीजस्तो जनप्रतिनिधिहरुले चाहेको प्रतिनिधि यस्तै हो । म कांग्रेस कार्यकर्ताहरुलाई अबको ५ वर्ष काठमाडौं महानगरपालिकाको प्रमुख हामीसँग नहुँदै गर्दा हाम्रो अवस्था कस्तो हुँदो रहेछ भन्ने कुरा देखेर आएका छौँ । कागजमा मात्रै महिलालाई दोस्रो दर्जाको नागरिका होइन बराबर हो भनेर हुन्छ, व्यवहारमा त्यो अधिकार प्रयोग गर्न आउँदै गर्दा होच्याउने हो ? अघिल्लो पटक सूर्यमा भोट हाल्नुभयो, छोडिदिनुहोस् यस पटक रुखमा हालनुहोस् । फेरि अर्कोपटक सूर्यमा हाल्नुहोला । लडाइँ घरभित्र पनि छ, महिलाको लडाइँ सजिलो छैन,’ उनले भने।

महामन्त्री थापाले साना साना काठमाडौंवासीका समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंवासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने बताए ।


क्लिकमान्डु