कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल



काठमाडौं । कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाललाई नियुक्त गरेको छ ।

बैंकमा कामू सीइओको रुपमा रहेका खनाललाई कुमारीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीइओ बनाएको हो ।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।

कुमारी बैंकमा गतवर्ष साउनदेखि सीइओ पद खाली थियो । कामूको भरमा चलाएको कुमारीले ९ महिनापछि खनाललाई सीइओ बनाएको हो ।

बैंकका एक सञ्चालकले रामचन्द्र खनाललाई सीइओ बनाउने निर्णय गरेको जानकारी दिए ।

कुमारी बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो ।

तत्कालिन कामू सीइओ रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका थिए ।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।


क्लिकमान्डु