मुक्तिनाथ विकास बैंकका ग्राहकलाई भरतपूर टाउन रेसिडेन्सीमा १०% छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा१० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकको भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त छुट पाउने भएका हुन् । यसका लागि बैंक र रेसिडेन्सीबीच सम्झौता भएको छ ।

सम्झौता पश्चात बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपूर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बारमा बसाई र खाना तथा परिकारहरुमा उक्त छुट पाउनेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिषा नेटवर्कमा आवद्ध अन्य जुन बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्लिकमान्डु