बैंकबाट ९ दिनमै घट्यो २२ अर्ब निक्षेप



काठमाडौं । नयाँ वर्ष लागेपछि वाणिज्य बैंकमा निक्षेप घट्ने क्रम झनै बढेको छ ।

वैशाखको ९ दिनमा वाणिज्य बैंकमा निक्षेप उल्लेख्य रुपमा घटेको छ । यस्तै कर्जा प्रवाह सुस्त रहेको छ ।

बैंकर्स संघका अनुसार वैशाख ९ गतेसम्म आइपुग्दा वाणिज्य बैंकमा निक्षेप २२ अर्ब रुपैयाँले निक्षेप घटेको छ । चैत ३० गतेसम्म ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ९ गतेसम्म आइपुग्दा २२ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै कर्जा पनि ३ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९४ अर्ब रहेको छ । चैत ३० गतेसम्म वाणिज्य बैंकबाट ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।


क्लिकमान्डु