गौतम अडानी बने विश्वको पाँचौ धनी व्यक्ति,सम्पत्ति १ खर्ब २३ अर्ब डलर



भारतीय व्यवसायी गौतम अडानी विश्वको पाँचौ धनी व्यक्ति बनेका छन् । धनीहरुको सम्पत्ति तथ्यांक राख्ने तथा सूचि प्रकाशित गर्ने फोर्ब्स म्यागेजिनका अनुसार अडानी सेयर बजारका बादशाह वारेन बफेटलाई पछाडि पार्दै पाँचौ धनी व्यक्ति भएका हुन् ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फोर्ब्सको विश्वका धनी व्यक्तिको सूचीमा आठौं स्थानमा छन् । विश्वका १० जना धनीमा भारतीय दुई अर्बपति व्यवसायी छन् ।

फोर्ब्सको सुचि अनुसार एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन ।

टेस्ला प्रमुख एलोन मस्क यस सूचीको शीर्ष स्थानमा छन्। उनको कुल कुल सम्पत्ति २ खर्ब ६९ अर्ब अमेरिकी डलर छ।

जेफ बेजोस १ खर्ब ७० अर्ब अमेकिी डलर छ । बिलियन डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन्। फ्रान्सका बर्नार्ड अर्नाल्ट र उनको परिवारको कुल सम्पत्ति १ खर्ब ६६ अर्ब छ । । उनी सूचीमा तेस्रो स्थानमा छ। चौथो स्थानमा बिल गेट्स १ खर्ब ३० अर्ब अमेरिकी डलर सम्पत्ति छ ।


क्लिकमान्डु