काठमाडौंको मेयरमा सिर्जना सिंहले दर्ता गरिन उम्मेदवारी



काठमाडौं । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

राष्ट्रियसभा गृहमा सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता गर्न जाँदा रन्तपार्कको शान्ति बाटिकाबाट सुरु भएको र्‍याली राष्ट्रिय सभागृहसम्म पुगेको थियो ।

र्यालीमा सिर्जनाका पति प्रकाशमान र छोरा प्रभासमान सिंह तथा मा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी लगायतको सहभागिता रहेको थियो ।


क्लिकमान्डु