ललितपुरमा पुरानै उम्मेदवारबीच प्रतिष्पर्धा हुने, कांग्रेसले दियो चिरिबाबुलाई टिकट



काठमाडौं । ललितपुर महानगरमा पुरानै उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसले ललितपुर महानगर प्रमुखमा चिरिबाबु महर्जनलाई दोहोर्याउने निर्णय गरेको छ ।

महर्जनले क्लिकमाण्डूसँग कुरा गर्दै आफूले टिकट पाइसकेको र उम्मेदवारी दर्ता गर्न जाने क्रममा रहेको बताए ।

यसअघि नेकपा एमालेले पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा महर्जनसँग पराजित भएका हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले हरिकृष्ण व्यञ्जनकारलाई ३३६ मतले पराजित गरेका थिए । महर्जनले २४ हजार ६४२ मत प्राप्त गरेका थिए भने व्यञ्जनकारले २४ हजार ३१६ मत ल्याएका थिए ।


क्लिकमान्डु