दिपक पौडेलको टिकट खोसेर पोखरा महानगरपालिकामा कृष्ण थापालाई एमालेले बनायो उम्मेद्वार



काठमाडौं । पोखरा महानगरपालिकामा दिपक पौडेललाई दिएको टिकट काटेर एमालेले प्रदेश सांसद् कृष्ण थापालाई दिएको छ ।

थापा मेयरका दावेदार भएपनि पृथ्वीसुब्बा गुरुङको जोडबलमा पौडेलले टिकट पाएका थिए ।

सुन पसलमा भएको भिडियोको विवादले एमालेका पोखराका कार्यकर्ताहरु पौडेलको उम्मेद्वारी फिर्ता गराउन लागेका थिए ।

उपमेयरमा निर्वाचन नलड्ने घोषणा गरेकी मञ्जु गुरुङ निर्वाचन लड्न तयार भएकी छन् ।


क्लिकमान्डु