महालक्ष्मी विकास बैंकद्वारा ट्राफिकलाई रोड डिभाइडर हस्तान्तरण



काठमाडौं । महालक्ष्मी विकास बैंकको महाराजगंज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ । बैंकको महाराजगंज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।

महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको बैंकले जनाएको छ । महानगर वरपर ट्राफिक व्यावस्थापनमा माहानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको कुरा बैंकले जनाएको छ ।

कार्यक्रममा वृत्तका नायव निरीक्षक पुरुषोत्तम ढकालले विगतदेखि नै बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।


क्लिकमान्डु