सर्वाेत्तम स्टील तथा जगदम्बा सिमेन्टद्वारा प्राविधिक कार्यक्रम समापन



काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको फलामे छड उत्पादक सर्वाेत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ ।

जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घर निर्माण सम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गर्नु रहेको बताइएको छ ।

कार्यक्रममा सर्वाेत्तम स्टिलको तर्पmबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारहरुलाई सर्वाेत्तम स्टीलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी गराए ।

जगदम्बा सिमेन्टको तर्पmबाट कम्पनीका डि.जि.एम. चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा जानकारी दिए ।

कार्यक्रम विर्तामोड, इटहरी र लहानसहित ३ स्थानमा आयोजना गरिएको थियो । गत चैत २१ गते विर्तामोडमा भएको कार्यत्रममा १२० जनाको सहभागीता रहेको थियो भने चैत २३ गते इटहरीमा भएको कार्यक्रममा १२९ जना इन्जिनियर तथा ठेकेदारहरुको सहभागीता रहेको थियो । यस्तै चैत २५ गते भएको कार्यक्रममा १३७ जनाको सहभागीता रहेको थियो ।


क्लिकमान्डु