हिमाल आरोहणका लागि ८४४ जनाले लिए अनुमति, सगरमाथाका लागि मात्रै ३०२ जना



काठमाडौं । स्प्रिङ सिजनमा हिमाल आरोहणका लागि ८४४ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार १०४ वटा टीमका ६५८ जना पुरुष र १८६ जना महिला गरी कुल ८४४ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

जसमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि ३०२ जना र लोत्से आरोहणका लागि १०३ जनाले अनुमति लिएका छन् ।

हिमाल आरोहणको अनुमति दिएवापत विभागले ४४ करोड ६४ लाख १८ हजार ६६ रुपैयाँ संकलन गरेको छ ।


क्लिकमान्डु