बिलिङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर ‘मुगु सप’ सार्वजनिक



काठमाडौं । फिनटेक कम्पनी आइमार्क प्रालि र गिफ्टबीच गिफ्ट लोयल्टी कार्यक्रममा सहकार्य हुने भएको छ ।

आइमार्क तथा गिफ्टको संयुक्त सहकार्यमा लोयल्टीसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको हो ।

यो गिफ्ट लोयल्टी कार्यक्रम बैंक, एयरलाईन्स, टेलिकम, इन्स्योरेन्स, सुपर मार्केट तथा अन्य रिटेल पसलमा संचालन गर्न सकिन्छ । एक पटक गिफ्ट डट कममा आबद्द भएपछि गिफ्टको संजाल भएका कुनै पनि मुलुकमा लोयल्टी प्वाइन्ट साट्न वा उपभोग गर्न सकिनेछ । गिफ्टको ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको छ ।

नेपालमा हालसम्म इन्टर ओपेरेबल लोयल्टी कार्यक्रम नरहेको र यस किसिमको कार्यक्रम पहिलो पटक भएको आइमार्क प्रालिका निर्देशक आशिस शर्माले जानकारी दिए ।

कार्यक्रममा आइमार्क प्रालिको बिलिंङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर तथा मोबाइल एप ‘मुगु सप’ सार्वजनिक गरिएको थियो । साना किराना पसलदेखि दैनिक कारोबार गर्ने ठूला तथा मध्यम कम्पनीहरुले यो एपमा बिलिङ सेल इन्भोइस, भुक्तानी, छुट, खरिद, बिक्री सूची लगायतका विवरण राख्न सक्ने छन ।

बिलिङ, खाता व्यवस्थापन, सामानहरूको सूची व्यवस्थापन, कर्मचारीको हाजिरी, रिपोर्टिङ, अनलाइन स्टोर सञ्चालन, ग्राहकसँगको सम्बन्ध व्यवस्थापन (सीआरएम) तथा लोयल्टी व्यवस्थापन जस्ता सेवा समेत प्रयोगकर्ताले लिन सकिने शर्माले जानकारी दिए ।

कापी कलमले लेखेर अभिलेख राख्ने पुरानो पद्धति भन्दा यो एपको माध्यमबाट सबै कारोबारका अभिलेखहरू सहजै राख्न र परिमार्जन गर्न सकिने कम्पनीले जनाएको छ । मुगुसप एप रिटेल, किराना पसल, स्पा, सैलुन, रेस्टुरेन्ट तथा क्याफे उद्यमीहरूले प्रयोग गर्न सक्ने आइमार्कका व्यवस्थापक सुयस चन्दले बताए ।


क्लिकमान्डु