मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ क्रमिक बचत खाता’



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ संचालनमा ल्याएको छ ।

बैंकका अनुसार क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषतालाई समावेश गरिएको छ ।

खातामा मासिक वा त्रैमासिक रूपमा निश्चित रकम, न्यूनतम एक वर्षदेखि १० वर्ष अवधिसम्मको बचतमा एक वर्षको व्यक्तिगत मुद्दती खातामा पाइने रकम बराबरको ब्याज पाइने बैंकले जनाएको छ ।

बैंकका अनुसार त्रैमासिक रुपमा पाएको ब्याज रकम पुनः सोही खातामा राख्दा मुद्दती खाता अनुसार कै ब्याज पाइने बैंकले जनाएको छ ।


क्लिकमान्डु