बैंकबाट २ दिनमै घट्यो १२ अर्ब निक्षेप



काठमाडौं । नयाँ वर्ष लागेपछि वाणिज्य बैंकको निक्षेप घट्ने क्रम झनै बढेको छ ।

वैशाखको २ दिनमा वाणिज्य बैंकमा निक्षेप उल्लेख्य रुपमा घटेको छ । यस्तै कर्जा प्रवाह घट्ने क्रम पनि रोकिएको छैन ।

बैंकर्स संघका अनुसार वैशाख २ गतेसम्म आइपुग्दा वाणिज्य बैंकमा निक्षेप १२ अर्ब रुपैयाँले घटेको छ । चैत ३० गतेसम्म ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख २ गतेसम्म आइपुग्दा १२ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै कर्जा पनि २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९५ अर्ब रहेको छ । चैत ३० गतेसम्म वाणिज्य बैंकबाट ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।


क्लिकमान्डु