सिभिल लघुवित्तको नाफा ९.६१% ले बढ्यो, कति छ खराब कर्जा ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा आइपुग्दा कम्पनीको नाफा ९.६१ प्रतिशतले बढेको छ ।
कम्पनीको नाफा करिब ९.६१ प्रतिशतले बढेर ५ करोड २८ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ रहेको थियो । चैत मसान्तमा आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १७ करोड ६४ लाख ७ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा ८ करोड १३ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ७ करोड ५ लाख ३३ हजार रुपैयाँ रहेको छ ।
२८ करोड ८१ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ३३ लाख २६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड २८ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
९३ करोड १४ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले कर्जा लगानी ३ अर्ब ९८ करोड ९१ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा १.७१ प्रतिशतबाट बढेर १.७६ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६६ पैसा रहेको छ ।