माछापुच्छ्रेको नाफा २० प्रतिशतले बढ्यो, ९ महिनामा १ अर्ब ५५ करोड



काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा २० प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको चैत मसान्तसम्म बैंकले १ अर्ब ५५ करोड नाफा गरेको छ ।

अघिल्लो वर्ष बैंकको चैत मसान्तसम्म नाफा १ अर्ब २९ करोड थियो । बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेको छ ।

१० अर्ब २५ करोड चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैंकले चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने नाफा ८२ करोड गरेको छ ।

१३.७० प्रतिशत पुँजीकोष अनुपात रहेको माछापुच्छ्रे बैंकले कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको भन्दा कम राखेको छ ।

बैंकले ८९.१३ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । ४.१९ प्रतिशत स्प्रेडदर रहेको बैंकको चैत मसान्तसम्म बेसरेट ९.६३ प्रतिशत छ ।


क्लिकमान्डु