क्वेस्ट फर्मास्यूटिकल्स आम्दानी करिब २ अर्ब



काठमाडौं । क्वेस्ट औषधी प्रालिले सन् २०२१ मा करिब २ अर्ब रुपैयाँको आम्दानी गरेको छ । नेपालमै पहिलो पटक कार्डियक खण्डमा अणु सार्वजनिक गरेको कम्पनीले सन् २०२१ मा १ अर्ब ९५ करोड रुपैयाँको आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२० मा १ अर्ब ८० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०१९ मा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले हरेक वर्ष आफ्नो आम्दानी बढाउँदै गएको छ । त्यसैले, कम्पनीले सन् २०२२ मा आफ्नो आम्दानी २ अर्ब बढी गर्ने देखिन्छ ।

सन् २००१ मा व्यवसायिक शुरु गरेको कम्पनीले पुरानो रोग सम्बन्धी विभिन्न औषधीहरू उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उक्त औषधीको बिक्री वितरणले गर्दा विगत ५ वर्षदेखि आम्दानी बढेको कम्पनीले जनाएको छ । त्यस्तै, सन् २०२१ मात्रै ६५ प्रतिशतले राजस्व संकलन बढेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले सन् २०१७ देखि सन् २०२१ सम्ममा वार्षिक १३ प्रतिशतले आम्दानी बढेको जनाएको छ । साथै, नाफा पनि राम्रो कमाउन सफल भएको कम्पनीको भनाइ छ ।

आन्तरिक बजारमा औषधी उद्योगको बढ्दो प्रतिस्पर्धा र विभिन्न ५० भन्दा बढी उद्योगहरू भएपनि कम्पनीले राम्रो नाफा कमाउन सफल भएको कम्पनीको दाबी छ ।

कम्पनी पूर्ण रुपमा कच्चा पदार्थ जस्तै एपीआइ, एक्जीपिन्ट र प्याकिङ सामग्री आयातमा निर्भर रहेको छ ।

कम्पनीले ठूलो संख्यामा कार्डिओभास्कुलर, डाइबेटिज, देर्माटोलोजिकल र हाइपोलिपीदेमिक लगायत अन्य औषधीको सामान्य तथा विशेष औषधी उत्पादन गर्दै आएको छ ।

कम्पनीले एक सयभन्दा बढी औषधी र २५ वटा विभिन्न विधामा डायबेटिज, कार्डिओभास्कुलर क्षेत्रमा औषधी उत्पादन गर्दै आएकाले आन्तरिक बजारको अग्रणी स्थानमा रहेको कम्पनीको दाबी छ ।

त्यसैगरी, कम्पनीको सन् २०२१ को जुलाईसम्ममा १५ जनासँग शेयर बाँडिएको छ । चार वटा निर्देशक रहेकोमा उमेश लाख श्रेष्ठ, पृथ्वी राज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद भर्माको मात्रै ४५ प्रतिशत शेयर रहेको छ भने बाँकी ११ जनासँग ५५ प्रतिशत शेयर रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी ९३ करोड १७ लाख रुपैयाँको बैंकिङ कर्जाको रेटिङ गराएको छ । इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि ३१ करोड ८८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५४ करोड रुपैयाँ रेटिङ गरेको छ ।


क्लिकमान्डु