फेरि उम्मेद्वार बन्ने स्थानीय तहका प्रतिनिधिले राजीनामा दिनैपर्ने



काठमाडौं । स्थानीय तहको निर्वाचनमा फेरि उम्मेद्वार बन्ने स्थानीय तहका प्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ ।

सर्बोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगको पक्षमा फैसला गरेको हो ।

न्यायधीशहरु तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्दै राजीनामा दिनुपर्ने व्यवस्था गरेको हो ।

निर्वाचन आयोगले आचारसंहिताको परिच्छेद ९ को धारा ३६ अनुसार बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने व्यवस्था लागू गरेको थियो ।

आयोगले गरेको निर्णयको विरोधमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दिएका थिए ।


क्लिकमान्डु