हान र ट्रेड युनियनबीच तलब र सेवा सुविधा सम्बन्धी ५ बुँदे सम्झौता



काठमाडौं । होटल संघ नेपाल र होटल सम्बद्ध केन्द्रीय ट्रेड युनियनबीच तलब भत्ता तथा सेवा सुविधाका विषयमा ५ बुँदे सम्झौता भएको छ ।

जसअनुसार कोरोना महामारीपछि सञ्चालनमा आएका होटलका लागि २०७६ चैत ११ गतेभन्दा अघि श्रमिक तथा कर्मचारीहरुले प्राप्त गर्दै आएको तलब भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधा उपलब्ध गराउने र सरकारले बढाएको पारिश्रमिक लागू गर्ने सम्झौता भएको छ ।

साथै, सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटलकहरुको हकमा स्थानीय आधिकारिक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने सम्झौता बमोजिम हुने उल्लेख गरिएको छ ।

साथै, विगतमा भएका सम्झौताहरुको हकमा कुनै पनि विवाद नगर्ने र समस्या आएको खण्डमा आपसी सहमतिमा टुंग्याउने सम्झौता भएको छ ।

सम्झौतामा बन्दाबन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका श्रमिकहरुलाई दामासायीरुपमा सबैलाई वितरण गर्ने उल्लेख गरिएको छ ।

हान र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच सम्झौता भएको हो ।


क्लिकमान्डु