बुटवल र भरतपुरका एजेन्टलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरको तालिम



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बुटवल र भरतपुरका एजेन्ट्लाई विभिन्न तालिम दिएको छ ।

तालिममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार पारेर यस वर्षको बुटवल र भरतपुरको एजेन्ट् गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु