हिमाल चढ्न ७४० जनाले लिए अनुमति, सबैभन्दा बढी अमेरिकी



काठमाडौं । आइतबारसम्म सरकारले ७४० जना पर्यटकलाई हिमालन आरोहणका लागि अनुमति दिएको छ ।

पर्यटन विभागका अनुसार ७० देशका ७४० पर्यटकलाई विभिन्न हिमाल आरोहण गर्ने अनुमति दिएको हो । हिमाल आरोहण गर्न ५८३ जना पुरुष र १५५ जना महिलाले अनुमति पाएका छन् ।

हिमाल आरोहणमा जाने धेरै पर्यटकमा बढी अमेरिकी पर्यटन रहेका छन् ।

११७ जना अमेरिकी पर्यटकले हिमाल आरोहण गर्न अनुमति लिँदा ९४ जना पुरुष र २३ जना महिला रहेका छन् । दोस्रोमा बेलायत रहेको छ । ७४ जना बेलायती नागरिकले हिमाल आरोहण गर्दा ६२ जना पुरुष १२ जना महिला रहेका छन् ।

यस्तै भारतका ४१ पुरुष र १४ जना महिलासहित ५५ जना आरोहीले नेपालको हिमाल आरोहण गरेका छन् । फ्रान्सका ५० जना, क्यानडाका २८ जना, रसियन फेडरेसन २५ जना, अष्ट्रेलियाका २४ जना, स्पेनका २३ जना, इरानका १८ जना, अष्ट्रियाका १७, जर्मनीका १६ जना, कोरियाका १४ जना, नेदरल्याण्डका १४ जना, जापानका १४ जना, नर्वेका १२ जना, रोमानियाका ११ जना, आयरल्याण्ड १० जना पर्यटकले हिमाल आरोहण गरेका छन् ।


क्लिकमान्डु