६ वटा माइक्रोफाइनान्सले एफपीओ ल्याउने, कुनको मूल्य कति ?



काठमाडौं । विभिन्न ६ वटा कम्पनीले एफपीओ निष्काशन गर्ने भएका छन् ।

धितोपत्र बोर्डका अनुसार विभिन्न ६ वटा माक्रोफाइनान्स कम्पनीले एफपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका छन् ।
६ वटा कम्पनीले ३२ करोड २० लाख ३ हजार १६३ रुपैयाँको २५ लाख २६ हजार ५४० कित्ता सेयर पाइपलाइनमा रहेको छ ।

जसमा किसान लघुवित्त वित्तीय संस्थाले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँको १२ लाख ९८ हजार २५९ कित्ता सेयर निष्काशनका लागि बोर्डको पाइपलाइनमा रहेका छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्रीको लागि भन्दै बोर्डको पाइपलाइनमा रहेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ९१ लाख २३ हजार ९८४ रुपैयाँको ५१ हजार ३१६ कित्ता सेयर बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले अंकित मूल्यमा ७७ रुपैयाँ ८० पैसा प्रिमियर थपेर प्रतिकित्ता १७७ रुपैयाँ ८० पैसामा एफपीओ निष्काशनका लागि बोर्डमा पुगेको छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको ३ लाख ७९ हजार ४२५ कित्ता निष्काशनका लागि बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ नै एफपीओ निष्काशन गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यता उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँको १ लाख ७८ हजार ४५१ कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ५९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १५९ रुपैयाँमा एफपीओ निष्काशन गर्न बोर्डमा पुगेको छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाले ४ करोड ६० लाख ४१ हजार २२०.८० रुपैयाँको २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्न बोर्डमा पुगेको छ । कम्पनीले अंकित मूल्यमा १०० रुपैयाँमा ५९ रुपैयाँ ०७ पैसा प्रिमियम थपेर प्रतिकित्ता १५९ रुपैयाँ ०७ पैसामा एफपीओ निष्काशन गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

यस्तै नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँको ३ लाख २९ हजार ६४९ कित्ता सेयर निष्काशनको लागि बोर्डमा पुगेको छ ।

कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुmपैयाँमा एफपीओ निष्काशन गर्ने भएको छ । त्यसको लागि कम्पनी बोर्डमा पुगेको हो । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि यी कम्पनीले एफपीओ निष्कासन गर्ने छन् ।


क्लिकमान्डु