पाल्पाकाे हुँगीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीबाट एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको बैंकले जनाएको छ ।

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु