सूर्या लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज सुचना प्रकाशित गर्दै सिइओका लागि कार्यकारी सचिवदेखि प्रमुख बजार व्यवस्थापन अफिसर पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रमुख बजार व्यवस्थापनमा १ जना र प्रमुख आर्थिक अफिसरमा १ जना अनुभवी कर्मचारीको माग गरेको छ ।

त्यसैगरी, कम्पनीले प्रदेश १ को भोजपुर, बुधाबारे, धनकुटा, लेटाङ, संक्रान्ति, तेह्रथुम, प्रदेश २ मा बर्वाटा, चन्द्रानिगापुर, ढल्केवर। गौर, प्रदेश ३ मा भैसेपाटी, चरिकोट, धादिङ, हेटौंडा, किर्तिपुर, मुग्लिन, धुन्चे, गेल्डाङ बजार, नुवाकोट, प्रदेश ४ मा बुर्तिवाङ, डुम्रे, अमरापुरी, वालिङ, बाग्लुङ, भोटेवडार, प्रदेश ५ मा अर्घाखाँची, कृष्णनगर, प्रदेश ६ मा चिन्छु, गुलरिया, जुम्ला, कालिकोट, रुकुम, बाबियाचौर, थरमरे र प्रदेश ७ मा मंगलसेन र साँफेबगरमा शाखा प्रबन्धक पदमा कर्मचारी माग गरेको सुचनामा उल्लेख छ ।

त्यस्तै, कम्पनीले चाटर्ड एकाउन्टमा केही संख्या माग गरेको छ भने सिइओको कार्यकारी सचिवका लागि जागिर खुल्ला गरेको कम्पनीले जनाएको छ । कम्पनीले योग्यता पुगेका मानिसहरूले दुई हप्ताभित्रमा आवेदन दिन आग्रह गरेको छ ।


क्लिकमान्डु