सेञ्चुरी बैंकको सीइओमा मनोज न्यौपाने नियुक्त



काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोज न्यौपानेले नियुक्त भएका छन् ।

बैंकबाट तुलसीराम गौतम बाहिरिएपछि न्यौपानेले कामू सीइओको जिम्मेवारी दिइएको थियो । अहिले बैंकले न्यौपानेलाई सीइओको जिम्मेवारी दिएको जनाएको छ ।

गौतमले भने असार तेस्रो साता सीइओबाट राजीनामा दिएका थिए । व्यक्तिगत कार्यव्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै गौतमले असार २० गते राजीनामा दिएका थिए । त्यसपछि न्यौपाने कामुको जिम्मेवारीमा थिए ।


क्लिकमान्डु