नयाँ वर्षमा चार पाङ्ग्रे सवारी किन्नेलाई ४ लाखसम्म छुटको अफर



काठमाडौं । चार पाङ्ग्रे सवारी साधन बिक्रेता कम्पनीहरूले नयाँवर्षलाई लक्षित विभिन्न प्रकारका योजना सार्वजनिक गरेका छन् ।

कम्पनीहरूले २०७९ को नयाँवर्षको अवसरमा मासिक किस्तामा खरिद गर्न चाहनेका लागि ४ लाख रुपैयाँसम्मको छुटको अफर सार्वजनिक गरेका हुन् ।

चारपांग्रे लोकप्रिय माानिएका ब्रान्डहरु हुन्डाई, सुजुकी, निशान, टोयटालगायत बिक्रेताले छुटको अफर ल्याएका हुन् ।

कुन गााडी किन्दा कस्तो अफर ?
हुन्डाईः
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँवर्षको अवसरमा ‘नयाँवर्षको शुरुवात हुन्डाइको साथ’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा नयाँवर्ष बोनस ७९ हजार, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म मोडल इएर डिस्काउन्ट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर सुविधा उपलब्ध गराउने जनाएको छ ।

सुजुकीः सुजुकीका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिंसको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले गाडी खरिद गर्नेलाई अफर ल्याएको छ । कम्पनीले नयाँवर्षका लागि ‘सुजुकी ह्याप्पी न्यू कार’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत् ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् ।
यो योजना मुलुकभर रहेका ३८ वटै शोरूममा उपलब्ध गराइएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक छुटहरु लागू हुनेछ ।

सुजुकी ब्रान्ड अन्तर्गतका एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री वितरण हुँदै आएका छन् ।

टोयोटाः टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नयाँ वर्षको अवसरमा अपग्रेड इभेन्ट आयोजना गरेको छ ।

ग्राहकका लागि उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न युटिएसले उक्त योजना ल्याएको हो ।

चैत्र २४ गतेदेखि २७ गतेसम्म चल्ने उक्त इभेन्टमा ग्राहकले अफ्नो जुनसुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोसँग साट्न सक्नेछन् ।

यस अपग्रेड इभेन्टमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरूलाई पुरानो गाडीको मूल्याङ्कन, सजिलो फाइनन्सिङ तथा टेस्टड्राइभ गर्नेका लागि गिफ्ट प्याकेज समेत उपलब्ध गराएको छ ।

चांगनाः चांगनले गाडी नयाँवर्षको अवसरमा ‘एभ्री थिङ न्यू, एभ्री थिङ प्रिमियम’ नारासहित योजना सार्वजनिक गरेको छ । कम्पनीले अफर अन्तर्गत २.५ लाखसम्म नगद छुट, १ लाखसम्मको एक्सचेञ्ज टपअप र १ वर्षको निःशुल्क बीमा सुविधा उपलब्ध गराएको छ ।

कम्पनीले ल्याएको यो स्कीम वैशाख महिना भरी लागू हुनेछ । ग्राहकले चंगानको नक्शालस्थित शोरुममा उक्त सुविधा लिन सक्ने कम्पनीको भनाइ छ ।

साथै, ग्राहकले हरेक टेष्ट राइड र एक्सचेञ्जमा पनि उपहार पाउने छन् । साथै, यो स्कीमको पहिलो ५ जना प्रारम्भिक बुकिङ कर्ताले थप लाभ पनि पाउने कम्पनीले जनाएको छ ।

फक्सवागनः नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनलले नयाँवर्षको अवसरमा अफर सार्वजनिक गरेको छ ।

फक्सवागननले फक्सवागनको टाइगुन मासिक किस्ता २२ हजार ९९९ मा किन्न सकिने छ भने पोलो मासिक किस्ता १४ हजार ९९९ तिरेर लिन सक्नेछन् ।

कम्पनीले यससँगै एक वर्षका लागि निःशुल्क सडक कर र प्रत्येक नयाँ फक्सवागन गाडी खरिदको लागि चार वर्षको निःशुल्क सेवा उपलब्ध गराउने बताएको छ ।

निशानः निशानका नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले नयाँवर्ष लक्षित विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो निशान किक्स किन्दा ३ लाख ५० हजार नगद छुट अफर सार्वजनिक गरेको हो ।

कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुटसहित समग्रमा ४ लाख ५२ हजारको छुटको व्यवस्था गरेको छ । उक्त अफर वैशाख १७ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु