अन्नपूर्ण केवलकारको टप स्टेसनमा नयाँ जिपलाइनको सफल परीक्षण, नयाँ वर्षदेखि सञ्चालनमा आउने



काठमाडौं । दशकौंदेखि सूर्योदय अवलोकनका लागि बिख्यात सराङ्कोटमा अन्नपूर्ण केवलकार सञ्चालनमा आएसँगै यहाँको चझलपहल बढेको छ ।

केवलकारबाट सराङ्कोट आउने यात्रुलाई लक्षित गर्दै उडि एडभेन्चर प्रालिले केवलकारको टप स्टेसनमा निर्माण गरेको जिपलाइनको मङ्गलवार सफल परीक्षण गरिएको छ ।

परीक्षण सफल भएसँगै जिपलाइन नयाँ वर्षदेखि सञ्चालनमा आउने बताइएको छ । १ करोड रुपैयाँ लागतमा निर्माण भएको जिपलाइन सय मिटर लामो छ ।

साथमा ६० मिटर लामो स्काई साइक्लिङ र जायन्ट स्वीङको समेत निर्माण भैरहेको र एक हप्ताभित्र सञ्चालन गरिने सञ्चालक केदार थापाले बताए ।

केवलकारमार्फत् सराङ्कोट पुग्ने आन्तरिक एवंम बाह्य पर्यटकहरुलाई थप मनोरञ्जन दिनका लागि जिपलाइन सञ्चालनमा ल्याएको थापाले बताए ।

जिपलाइन खेल्न ३ सय, स्काइ साइक्लिङको ५ सय र स्वीङ खेल्न ४ सय लाग्ने थापाले जानकारी दिए ।

रोज इन्टरनेशनल कम्पनीले कन्स्ट्रक्सन गरेको सो एड्भेन्चर गतिविधिमा दैनिक करिब ५ सयले सेवा लिन सक्ने बताइएको छ ।

सुर्योदय अवलोकनका लागि हाल केवलकार बिहान ५ बजेदेखि सन्चालनमा छ ।


क्लिकमान्डु