बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट आज



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सर्वसाधारण सेयर (आइपीओ) आज (मंगलबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओको बाँडफाँट मंगलबार बिहान ९ बजे गर्न लागेको हो ।

आइपीओमा २२ लाख ६४ हजार ३७८ आवेदकले २ करोड ६१ लाख ७१ हजार ३९० कित्ताका लागि २ अर्ब ६१ करोड रुपैैयाँ बढीको आवेदन दिएका छन् ।

कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको १८ लाख २७ हजार ९७० कित्ता सयर निष्काशन गरेकोमा ७३ हजार ११९ कित्ता कर्मचारी र १ लाख ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर १६ लाख ६३ हजार ४५३ कित्ता सयर सर्वसाधारणलाई वितरण निष्काशन गरेको थियो ।

आइपीओ माग भन्दा बढी अवोदन परेको छ । माग भन्दा बढी आवेदन परेका कारण आइपीओको बाँडफाँट गोलाप्रथाबाट हुनेछ । यो आइपीओमा १ लाख ६६ हजार ३४५ जनाले १० कित्ता पाउने देखिएको छ ।


क्लिकमान्डु