सीएसआरको पैसा स्टार्टअपमा पनि लगाउन सकिने गरी नयाँ नीति बन्दै



काठमाडौं । अर्थसचिव मधु मरासिनीले सीएसआर अन्तर्गतको रकमलाई कहाँ कहाँ खर्च गर्ने भन्ने विषयमा नयाँ नियम ल्याउने तयारी भइरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभा तथा उद्योग वाणिाज्य दिवसको अवसरमा अर्थ सचिवसँग सातक्षत्कार शीर्षकको कार्यक्रममा बोल्दै उनले नयाँ आर्थिक ऐनमा त्यस्ता क्षेत्रहरु परिवर्तन गर्ने विषयमा छ्लफल भइरहेको बताए ।

‘तपाईंले सीएसआरको पैसा स्टार्टअपमा पनि लगानी गर्न सक्नुहुन्छ,’ एक प्रश्नको जवाफ दिँदै मरासिनीले भने, सिएसआरको रकमलाई कुन-कुन क्षत्रमा कसरी गर्ने भन्ने कुरा नयाँ आर्थिक ऐनमा परिवर्तन गर्ने छ्लफल भइरहेको छ ।’

त्यस्तै अर्को प्रश्नको जवाफ दिदै मरासिनीले आफ्नो व्यवसायलाई सजिलै व्यवस्थापन गर्न अनलाइन माध्यमबाट आफ्नो कर तिर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

कर तिर्दा धेरै झन्झट बेहोर्नु परेको समस्या राखेपछि मरासिनीले अहिलेको सबैभन्दा राम्रो कर तिर्न अनलाइन राम्रो माध्यम भएको उनले बताए ।

‘अनलाइनबाट तिर्नु भयो भने कसैको मुख हेर्नु पनि पर्दैन र सजिलै घरबाट पनि तिर्न सक्नुहुन्छ,’ उनले भने ।

त्यस्तै अर्को एक प्रश्नको जवाफ दिँदै रिभर्स भ्याटको बारेमा बजेटको अवसरमा छलफल गर्ने बताए । यस विषयामा दुई थरी प्रावधान हुनुहुँदैन भन्नेमा आफू स्पष्ट रहेको मरासिनीले बताए ।


क्लिकमान्डु