रोजगारीका लागि विदेशमा रहेका नागरिकलाई आइपीओ र एफपीओमा आरक्षण दिनेः मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकलाई सेयरमा आरक्षण दिने बताएका छन् ।

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

मन्त्री शर्माले रोजगारीका लागि विदेशमा रहेका नेपाली युवालाई साधारण सेयर (आइपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ)मा आरक्षण दिने बताए ।

त्यसको लागि सरकारले आवश्यक प्रकृया सुरु गरेको जानकारी गराए ।


क्लिकमान्डु