जापान जान लागेकी युवती विमानस्थलबाट गोली सहित पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तनहँ भानु नगरपालिका–७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपाल एयरलाईनसको उडानद्वारा काठमाडौंबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु