गभर्नर निलम्बन हुँदा किन भए सेयर लगानीकर्ता उत्साहित?



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै सेयर लगानीकर्ताहरु भने उत्साहित भएका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकको बैकिंङ प्रणालीमा हानी नोक्सानी पुग्ने काम गरेको, खराब आचरणले काम गरेको लगायतका आरोप लगाउँदै अधिकारीलाई निलम्बन गरेको थियो ।

सरकारको उक्त निर्णयलाई सेयर लगानीकर्ताले स्वागत गरेका छन् ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा ४/१२ को नीति लिएका थिए । जसका कारण सेयर बजारमा पहिरो गएको लगानीकर्ताको बुझाइ छ ।

गभर्नर अधिकारीले मौद्रिक नीतिमा नै ४/१२ लागू गर्ने व्यवस्था गरेपछि सेयर लगानीकर्ताहरु रुष्ठ बनेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्था हटाउन माग गर्दै नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ नेपालले अर्थमन्त्रीलाई भेट समेत गरेका थिए ।

त्यसपछि बजारमा गिरावट शुरु भएपछि लगानीकर्ताले अर्थमन्त्रीको समेत विरोध गरेका थिए । जसले गर्दा अर्थमन्त्री जनार्दन शर्माले उक्त नीति हटाउन गभर्नर अधिकारी समक्ष अनुरोध गरेका थिए । त्यो गभर्नर अधिकारीले मानेका थिएनन् ।

राष्ट्र बैंकको यो नीतिले मन्त्री शर्मा पनि सन्तुष्ट भने थिएनन् । लगानीतर्काले पनि गभर्नर अधिकारीलाई बजार विरोधी भनेका थिए । बजार घटिरहेको समयमा सरकारले गभर्नरलाई निलम्बन गर्दा लगानीकर्ता खुसी भएको देखिएको छ ।

इन्भेष्टर फोरमका निवर्तनमा अध्यक्ष छोटेलाल रौनियार सरकारको निर्णयले बजारलाई सकारात्मक प्रभाव पारेका बताउँछन् ।
‘गभर्नर अधिकारीको नीतिले लगानीकर्ता प्यानिक भएका थिए,’ उनले भने ‘अब बजारले सकारात्मक गति लिने छ ।’

यस्तै नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि सरकारको कमदको स्वागत गरेकी छिन । उनले सरकारले गभर्नर निलम्बन गर्ने निर्णयपछि पूँजी बजारमा लागेको कालो बादल सदाको लागि हटेर उज्ज्वल भविष्य तर्फ लम्कदै जाने तर्क गरेकी छिन् ।

यता सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुलेलले पनि सरकारको निर्णयको स्वागत गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अति गर्नु अत्याचार नगर्नु भन्थे….अति गरे क्षति हुन्छ पनि भन्थे…. निलम्बित हुनुभएछ…. के भनौं र खोई !’


क्लिकमान्डु